सुडानमा सैन्य विमान दुर्घटना, १८ जनाको मृत्यु

453
views

सुडानमा सैन्य विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ। पश्चिमी डार्फुर राज्यमा सैन्य विमान दुर्घटनामा परेको हो । घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच मिनेटमै विमान दुर्घटनामा परेको थियो । उक्त विमानले हालै जातीय समूहहरू बीच ठूलो झडप भएको क्षेत्रमा राहत सहयोग पुर्‍याइरहेको थियो । मृत्यु हुनेमा सात चालक दलका सदस्यहरू, तीन न्यायाधीश र आठ नागरिक रहेको र चार बालबालिका रहेको जनाइएको छ ।