देशभर मौसममा बदली, सतर्क रहन अनुरोध

767
views

सीताराम थापा । नेपालभर ३ दिन सम्म मौसम चिसो र हिमपात हुने मौसमजल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाबाट जारी मौसम बुलेटिनमा सम्प्रेषण भए अनुसार देशभरको मौसममा बदली रहेको जनाएको छ ।

महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ।महाशाखाका अनुसार शुक्रवार दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको उल्लेख छ ।

मौसम बिभागका अनुसार आज देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपात हल्का वर्षाको संभावना रहेको छ ।

यसै गरि भोलि र पर्सि समेत देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ जनाएको छ ।

मौसम विभागले मौसम बदली संगै वर्षा र हिमपातको संभावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन बुलेटिन मार्फत सुझाएको छ । यसैले बृद्व बालवालिका, रिामाी र सर्बसाधारण नागरिक चिसोबाट बचौँ र बचाउन हामी अनुरोध गर्दछौं ।