सल्यानको कोलखोला भाटमारे नजिकै ट्रक दुर्घटना चालकको मृत्यु

624
views

सल्यान,२६, पौष । सल्यानमा मालबहाक ट्रक दुर्घटना हुँदा सल्यानमा चालकको मृत्यु भएको छ । सल्ली चौरजहारी सडकखण्डअन्‍तर्गत बनगाड कुपिन्डे नगरपालिका ४ कोलखोला भाटमारे नजिकै ना ४ ख ८८७० नं को  ट्रक शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्खेत भेरीगंगा नगरपालिका छिन्चु मदनचौरका अन्दाजी ३५ वर्षिय रविन विक रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । ट्रक सडकबाट झन्डै एक मिटर तल खसेको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।