जैमिनि मेला : कहिले र किन जाने होला ?

1613
views

सीताराम थापा
बागलुङ । बागलुङको ऐतिहांसिक जैमिनघाटमा लाग्दै आएको परम्परागत माघे संक्रान्तिमा लाग्ने जैमिनी मेलाको यसबर्षपनि भव्य तयारी गरिएको छ ।

जैमिनि नगरपालिका कुश्मिशेरा बजारमा हुने मेलाको भब्य तयारी गरिएको हो । मेलामा ’स्थानीय कला संस्कति तथा खेलकुदको सम्र्वद्धन, कृषि, उद्योग र व्यापार तथा पर्यटकको प्रर्वद्धन भन्ने मुल नारा अनुरुप हुने गरि यहि पौष २८ देखि माघ ४ गतेसम्म मेला आयोजन ागर्न लागिएको आयोजक संस्था सहारा क्लबले जनाएको छ ।

यसलाई जैमनि नगरपालिकाले आर्थिक देखि सबै प्रकारको सहयोग रहने क्लबका सचिब दिलिप थापा मगरले बताए ।

मेला भर्न आउने दर्शकलाई मजोरन्जन दिन दैनिक कलाकारहरुको प्रस्तुतिहरुका साथै वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, डान्स आईडल–३, स्थानिय भजन, रत्यौली प्रतियोगिता आकर्षणको रुपमा रहेको आयोजकले बताएको छ ।

यसैगरी बाल उद्यान, कृषि तथा हस्तकला प्रर्दशनी, स्थानिय खाना लगायत थप आकर्षण गरिएको जैमिनि नगरपालिकाले जनाएको छ ।