फिलिपिन्समा ज्वालामूखी विस्फोटको खतरा

534
views

पौष, २८, गते । मनिलानजिकै आइतबार ज्वालामूखी विस्फोट भएलगत्तै फिलिपिन्स सरकारले अर्को विनाशकारी ज्वालामुखी फुट्नसक्ने चेतावनी जारी गरेको छ । अर्को ठूलो र भयानक ज्वालामूखी विस्फोट हुने तथा घन्टौंसम्म लाभा र खरानी निस्किइरहन सक्ने जनाइएको छ । सो क्षेत्रमा अहिले सानोतिनो भूकम्पीय झट्का समेत महशुस गरिएको छ ।

आइतबार विस्फोट भएको ज्वालामुखीबाट प्रभावित बसोबास स्थान खाली गराइएको छ । यो ज्वालामूखी मनिलाबाट ६० किलोमिटर टाढा लुजोन टापुमा विस्फोट भएको थियो । लगत्तै अर्को भयानक विस्फोटको संकेत देखिएपछि अधिकारीहरुले तीनवटा शहर खाली गर्न निर्देशन दिएका छन् । मनिला अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण रोकिएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड सिस्मोलोजीले नयाँ ज्वालामूखी विस्फोट क्षेत्रमा भौगर्भिक गतिविधी तीव्र भइरहेको जनाएको छ । आइतबार विस्फोट भएको ज्वालामुखी निरन्तर फाटिरहेको र १४ किलोमिटर टाढासम्म खरानी छरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।