रुसी प्रधानमन्त्री मेदभेदेवको राजिनामापछि मिसुस्टिन नियुक्त

453
views

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको संविधानमा व्यापक फेरबदल गर्ने प्रस्ताव गरेको केही घण्टापछि रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिएका छन् । प्रधानमन्त्री मेदभेदेवले राजीनामा दिएसँगै उनको नेतृत्वको सरकार विघटन भएको छ ।

राष्ट्रपति पुटिनले गरेको प्रस्ताव पारित भएमा सत्ता सन्तुलनमा महत्वपूर्ण परिवर्तन हुनेछ । प्रस्ताव लागु भए संविधानका सबै धारा फेरिने र सत्ता सन्तुलन तथा शक्तिको स्वामित्वमा पनि परिवर्तन आउने भएकाले राजीनामा दिएको मेदभेदेवले बताएका छन् । लामो समय रुसको शक्तिमा रहनका लागि पुटीनले यस्तो प्रस्ताव गरेको विश्लेषण गरिएको छ ।

पुटिनको चौथो कार्यकाल सन् २०२४ मा सकिँदै छ । हाल कायम रहेको संवैधानिक व्यवस्था अनुसार पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति बन्न पाउने छैनन् । त्यसैले उनले संविधान फेरबदलको प्रस्ताव ल्याएको बताइएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्रीमा मिखाईल मिसुस्टिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । पुटिनले देशको संविधानमा व्यापक फेरबदल गर्ने प्रस्ताव गरेको केही घण्टापछि रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिएपछि मिसुस्टिनलाइ नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।