दुर्गा प्रसाईंलाई अदालतमा उपस्थिति गराउन आदेश

627
views

काठमाडौं, २, माघ । घुस मागेको आरोप लगाउने बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित हुन आदेश भएको छ । प्रसाईँलाई बिहीबार काठमाडौं जिल्ला अदालतलले २१ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा दायर गरेपछि लिखित जवाफसहित हाजिर हुन आदेश दिएको हो । केही दिनअघि पत्रकार सम्मेलन गर्दै मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन दिनेक्रममा डा. गिरीले २० करोड घुस माग गरेको आरोप लगाएका थिए ।

आफूलाई लगाएको आरोपका कारण गाली बेइज्जती र मानमर्दन भएको दाबी गर्दै डा. गिरीले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।