ज्ञापन-पत्र बुझाउन गएको काँग्रेसले सिडियो नदेखेपछि नाराबाजी

718
views

महेन्द्र जिसी
पर्वत, ५, माघ । पर्वत जिल्ला प्रशासन कार्यालयमा नेपाली काँग्रेसले विरोध जुलुस लिएर पुग्दा त्यहाँ सिडियो नै नभएपछि केहिबेर पर्वत काँग्रेसले जिल्ला प्रशासन पर्वतमा नाराबाजी ग¥यो । प्रजिअसँग समय मागेर ज्ञापन पत्र बुझाउन र्याली सहीत पुगेका पर्वत काँग्रेशले प्रमुख जिल्ला अधिकारी कार्य कक्ष मै नभएको भन्दै विरोध गरेको हो । आईतबार काँग्रेसका सभापति खिमप्रसाद भुषालले तत्काल फोन गरेर प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाललाई बोलाएर ज्ञापन पत्र बुझाएका हुन ।

सूचना प्रविधि विधेयक लगायत सरकारका विभिन्न गलत कामहरूको विरूद्धमा विरोधपत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा पुग्दा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल अफिसमा नभएपछि पर्वत काँग्रेसका नेता कार्यकर्ताहरू प्रजिअ विरूद्ध नै आक्रोशित भएका थिए । विरोधपत्र बुझाउनको लागि नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुसालले १२ बजेको समय उपलब्ध गराउने भनीए पनि समय नदीएपछि कार्यकर्तामा आक्रोषित भएको पार्टी कार्यालयले जनाएको छ ।

मुलुकको प्रमुख प्रतिपक्षी दलले विरोध पत्र बुझाउन समय माग्दा समेत निर्धारित समयमा कार्यालय छोडेर बाहिर गएकोप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले प्रजिअ घिमिरेप्रति कडा आपत्ति जनाएका थिए । अन्य कार्यक्रताहरु मसेत पर्वत प्रमुख जिल्ला अधिकारी प्रती गुनासो गरेका हुन ।

कोषाध्यक्ष नेपाली काँग्रश पर्वत नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासनमा पुगेको टोलीले प्रजिअलाई विरोधपत्र बुझाउन आधाघण्टा भन्दा बढी प्रतीक्षा गर्नु परेको थियो । लामो समयसम्म प्रतीक्षा गर्नु परेपछि आक्रोशित कार्यकर्ताहरूले प्रशासनको मूलगेटमै धर्ना दिएका थिए ।

‘मुलुकको प्रमुख प्रतिपक्षी दलले समय मागेर कार्यालयमा पुग्दा प्रजिअ बाहिर जानुले हामीलाई गम्भीर बनाएको छ, प्रजिअले काँग्रेसकाप्रति गरेको नजरअन्दाजको पार्टीले नोटिस गरेको छ । नेपाली काँग्रेश केन्द्रीय सदस्य संविधान सभा सभासद अर्जन प्रसाद जोशीले प्रतिकृया जनाए । ओली सरकारले अपराध, भ्रष्टाचार, महंगी लगायत विभिन्न कर्ममार्फत जनतालाई धोका दिएको वताउँदै पछिल्लो पटक सूचना प्रविधि विधेयक ल्याएर जनताको अभिव्यक्ति स्वतन्त्रताको समेत बन्धक गर्न खोजेको भन्दै कडा भत्सर्ना गरेका थिए ।

प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाइएको विरोधपत्र पार्टी सभापति खिमप्रसाद भुसालले पढेर सुनाएका थिए । विरोधपत्र बुझेपछि प्रजिअ कल्पना घिमिरे नेपालले पत्र जस्ताको तस्तै केन्द्र सरकारलाई पठाइदिने प्रतिबद्धता व्यक्त गरेकी थिइन । सरकारका विभिन्न गलत कामहरूको विरूद्धमा नेपाली काँग्रेसले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाएको छ । यसअघि नेपाली काँग्रेसका सयौँ कार्यकर्ताहरूले जुलुस प्रदर्शन गरेका थिए ।