नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

716
views

काठमाडौं, ५, माघ । नेकपा सचिवालयको बैठक बालुवाटारमा शुरु भएको छ । सभामुख उम्मेदवारको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

आज बसेको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुखका विषयमा सहमति जुटेपछि सचिवालयको बैठक बोलाइएको थियो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालकाबीच नेता अग्नी प्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने सहमति जुटेको स्रोतको भनाई छ ।