पब्जी खेल्दाखेल्दै हृदयघात, २७ बर्षिय युवकको मृत्यु

935
views

एजेन्सी । भारतको पुणे घर भएका एक युवक गत बिहीबार घरैमा बसेर मोबाइलमा पब्जी खेल्दै थिए। उनलाई अचानक हृदयघात भयो। हृदयघात हुनासाथ अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा शनिबार निधन भएको छ ।

समाचारमा जनाएअनुसार हर्सल देवीदास नामका ती २७ वर्षीय युवकलाई पब्जीको लत लागेको थियो । छोटकरीमा पब्जी भनेर चिनिने प्लेयर्स अन्नोन्स ब्याटलग्राउण्डस् नामक उक्त खेल हिंसाजन्य सामग्रीमा आधारित छ ।

चिकित्सकहरूका अनुसार खेलका क्रममा अधिक उत्साहित हुँदा हर्सलका शरीरका नसाहरू तन्कन पुगेका थिए । जसका कारण रक्तसञ्चारमा अनियमितता उत्पन्न हुँदा हृदयघात भएको थियो ।

कक्षा १० सम्म पढेका हर्सल दुई वर्षअघिसम्म हाउसकिपिङको रुपमा कार्यरत थिए । पब्जीको लत लागेपछि उनी दुईवर्षयता काम छाडेर घरमै बस्दै आएको उनका अभिभावकहरूले जनाएका छन् ।