अनेरास्ववियु पर्वतको संयोजकमा-शर्मा

1136
views

निर्मल पौडेल
पर्वत, ६, माघ । अनेरास्ववियू पर्वतको संयोजकमा विधार्थी नेता तेज प्रसाद शर्मा चयन भएका छन् । दुई ठुला कम्युनिष्ट पार्टी तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण पश्चात दुई ठुला विधार्थी संगठन एक अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको एकीकरण पश्चात एकताको प्रथम पुर्ण वैठकले शर्मालाई संयोजकमा चयन गरेको हो ।

करिव १ दशकदेखी अनेरास्ववियूमा क्रियाशिल शर्मा संयोज, जिल्ला अध्यक्ष पुर्ण संयोजक भई २०६३ साल असोज ३० गतेवाट अनेरास्ववियू पर्वतको १९ औँ जिल्ला सम्मेलन आयोजक कमिटीको सदस्य भई निरन्तर लागिपरेका स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । अविचलित निडर र विधार्थीहरुको माझ लोक प्रिय रहेका विधार्थी नेता शर्मा एकताको प्रथम ऐतिहासिक संयोजकको रुपमा छनोट भएका हुन् ।

२०६१ वाट राजनैतिक यात्रा सुरु गरेका नेता शर्मा २०६७ चैत्र ११ गते जिल्ला उपाध्यक्ष,२०६९ असार १२ गते जिल्ला संयोजक २०६९ साउन २० गते जिल्ला अध्यक्ष र २०७२ जेष्ठ १७ गते संयोजक भएका शर्मा पुन एकताको संयोजक वनेका हुन् । उपसंयोजकमा सुवास पौडेल चयन भएका छन् ।