जटिल रुप लिंदै कोरोना भाइरस, चीनमा तिन जनाको ज्यान गयो

748
views

चीन । चीनमा हालै देखिएको कोरोना भाइरसको संक्रमण पैmलिइरहेको अधिकारीहरुले जनाएका छन् । चिनियाँ अधिकारीले कोरोनाको संक्रमणबाट हालसम्म तीन जनाको ज्यान गइसकेको तथा दुईसय जनामा संक्रमण भेटिएको जानकारी दिएको अल जजिराले जनाएको हो ।

अन्त्यन्तै रहस्यमय भनिएको यो भाइरसको संक्रमण अन्य मुलुकमा पैmलन सक्ने त्राश पनि कायमै रहेको पनि चिनियाँ स्वस्थ्य अधिकारीले बताएका हुन् । उनीहरुका अनुशार पहिलोपटक डिसेम्बरमा चीनको वुहानमा भेटिएको सो भाइरस क्रमशः बेइजिङ् र सेन्जेनसम्म पुगेको छ ।

यसैबीच दक्षिण कोरिया, जापान र थाइल्यान्डमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ । कोरोना भाइरसको संक्रमणपछि संक्रमित व्यक्तिमा निमोनियाका जस्तै लक्षणहरु देखा परेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । यसैबीच बेलायतका केही अनुसन्धानकर्ताले कोरोना संक्रमणको अवस्था अहिले सार्वजनिक गरिएको भन्दा भयावह रहेको जिकिर गरेका छन् ।