नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ पर्वतको दोस्रो जिल्ला अधिवेशन शुरु

1120
views

पर्वत,१० माघ । । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ पर्वतको दोस्रो जिल्ला अधिवेशन पर्वतमा शुरु भएको छ । नेपाली पशुपालक कृषकहरुको सेवा र पशुपालन व्यावसायको व्यावसायिकिकरणका लागि सक्रिय एकमात्र राष्ट्रिय स्तरको पेशागत ट्रेड युनियन नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA) को अधिवेशनको भव्य तयारीसँगै अबिधेशनका लागि पर्वत, वाग्लुङ्ग र म्याग्दी जिल्लाबाट सहभागीहरु आएका छन् ।

अधिवेशनको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभाका सदस्य अर्जुन प्रसाद जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

देशको विभिन्न क्षेत्रमा रहि पशुपालक कृषकहरुको सेवामा समर्पित रहनुभएका पशु सेवामा संलग्न विषयमा विशेषज्ञ प्राविधिकहरुको तथा ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताहरुको पेशागत हकहित, नेपाली पशुपालक कृषकहरुको सेवा र पशुपालन व्यावसायको व्यावसायिकिकरणका लागि सक्रिय राष्ट्रिय स्तरको पेशागत ट्रेड युनियन नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA) नामक संस्था श्रम विभागमा २०७२ साल २ महिना २६ गते आधिकारीक रुपमा दर्ता भएको थियो ।

कार्यक्रम पर्वत जिल्लाको कुश्मा नगरपालिका स्थित उद्योग वाणिज्य संघको सभाहलमा भईरहेको कुश्मा नगरपालिका पशुसेवा शाखा कुश्माका प्राविधिक सुदर्शन सुवेदीले जानकारी दिए ।