नेपाल एयरलाइन्सका २५ पाइलटले दिए राजीनामा

1216
views

काठमाडौं, १०, माघ । नेपाल एयरलाईनसका २५ जना पाईलटले सामुहिक राजिनामा दिएका छन । सेवा–सुविधामा विभेद भएको भन्दै सामूहिक राजीनामा पत्र बुझाएका हुन् । बिहीबार असन्तुष्ट पाइलटले ‘राजीनामा नोटिस’ लेखिएको चेतावनीपत्र व्यवस्थापनसमक्ष बुझाए ।

नेपाल एयरलाइन्सका निमित्त कार्यकारी निर्देशक गणेशबहादुर चन्दले पाइलटहरुले विभिन्न माग राख्दै सामूहिक राजीनामा पत्र बुझाएको जानकारी दिए । उनले भने,’ विदेशी र स्वदेशी पाइलटबीच सेवा–सुविधामा विभेद गरेको भन्दै २ दर्जन पाइलटले बिहीबार लिखितपत्र बुझाएका हुन् ।’

राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को–पाइलट हुन् ।