सभामुखमा अग्नि सापकोटा निर्विरोध

692
views

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका सांसद अग्नििप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा सापकोटाको मात्रै उम्मेदवारी परेको थियो ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले नवनियुक्त सापकोटालाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् । सभामुखमा सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण थिए ।

माघ ७ गते सभामुखको उम्मेदवारी दर्ता भएको थियो । सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वा्चित सांसद हुन् ।