सापकोटा बिरुद्धको मुद्दाको पेशी समय फेरियो

661
views

सीताराम थापा
काठमाडौं । सभामुखका उम्मेदवार अग्नि सापकोटा विरुद्व परेको रिटमा मुद्दाको पेशी समय फेरिएको छ । सापकोटाको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालको इजलासमा राखिएको तर फुँयालले सापकोटा विरुद्वको मुद्दामा सर्वोच्चको न्यायाधीश नियुक्त हुनु अघि व्यवसायी वकालत रूपमा बहस गरेकाले उनले हेर्न नमिल्ने भएको कानुनि प्राबधान हुन्छ ।

फुँयालले मुद्दा हेर्न नमिल्ने भएपछि यसको सुनुवाई मिति समेत सरेको हो । सर्वोच्च अदालतले जनाए अनुसार अनुसार प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले तोकेपछि सुनुवाईको समय तय हुनेछ ।

आजको लागि तोकेको सुनुवाई सरेपछि उपयुक्त समयमा सुनुवाई गर्न छुट्टै न्यायाधीश तोकिने प्राबधान छ । सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमा अब अर्को पेशी तोकिने भएको छ ।

२०६२ साल बैशाख १६ गते काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णयको बिरोधमा त्रिपाठीले मुद्वा दायर गरेका थिए ।