कोरोना संक्रमणले विश्वव्यापी संकटकाल घोषणा

513
views

बेइजिङ, १७, माघ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि ‘विश्वव्यापी संकटकाल’ को घोषणा गरेको छ । चीनपछि १८ देशमा यो संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले यस्तो संकटकालको घोषणा गरेको हो ।

चीनमा मात्रै कोरोना भाइरसबाट २ सय १३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कमजोर मुलुकमा यो संक्रमण अझै फैलिनसक्ने सम्भावना छ । साथै यसको नियन्त्रणमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।