प्रतिनिधिसभाको बैठक आज बस्दै

461
views

काठमाडौं, २१, माघ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा केही विधेयकहरु पेश गर्ने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संसोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन र शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले परमाणवीक विधेयक सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पनि केही विधेयकहरु आजको बैठकमा प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संसोधन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र धितोपत्र सम्बन्धी पहिलो संसोधन विधेयक पेश गरिने संसद सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिए ।