राष्ट्रपति ट्रम्पले पाए महाअभियोगबाट सफाइ

636
views

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन्। उनको पार्टी रिपब्लिकनको बहुमत भएको माथिल्लो सदनले सफाइ दिएको हो । १८, डिसेम्बर २०१९ मा विपक्षी पार्टी डेमोक्रेटको बहुमत रहेको अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग र संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा औपचारिक रुपमा महाअभियोग लगाएको थियो ।

शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पले सफाइ पाए भने संसदको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि उनलाई सफाइ दिइएको छ ।

उनलाई महाभियोग लागउने पक्षमा ४८ मत खसेको थियो भने विपक्षमा ५२ खसेको थियो । अमेरिकी सिनेटमा भएको मतदानमा अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो ।

दुई अभियोगमध्ये एकमा पनि सिनेटमार्फत ट्रम्प दोषी ठहर भएको भए उनी बर्खास्त हुने थिए र सत्ता उपराष्ट्रपति माइक पेन्सको हातमा जाने थियो । तर, माथिल्लो सदनमा उनको पार्टी रिपब्लिकनको बहुमत भएकोले उनको पद जोगिनुका साथै आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावका लागि उमेदवार बन्‍ने बाटो खुला भएको हो।