नौं साना राजनैतिक दलहरुको देशव्यापी प्रर्दशन

753
views

जितेन्द्र थापा
सुर्खेत,२४, माघ । सुर्खेतमा आज विभिन्न नौवटा साना राजनितिक दलहरुले राष्ट्रिय स्वाधिनताका पक्षमा विरोध प्रर्दशन गरेका छन् । विभिन्न नौं साना राजनैतिक दलहरुको देशव्यापी कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदर्शन गरिएको छ । मंगलगडि चोकबाट बजार परिक्रमा गदै र्यालीसहित पिपलचौतारीमा विरोध सभा गरेर टुङ्गिएको थियो ।

एमसीसी परियोजना सम्झौता खारेजी, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भु–भाग समेटेर भारतले सार्वजनिक गरेको जाली नक्साको विषयमा नौ राजनितिक दलहरुले संयुक्त विरोध सभा गरेका हुन् ।

नौ राजनीतिक दलहरुमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), नेकपा (माओवादी केन्द्र), नेपाल कम्युष्टि पार्टी, जनसमाजवादी पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र राष्ट्रिय जागरण परिषदले देशभर संयुक्त रुपमा र्यालीसहित विरोधसभा कार्यक्रम गरेका छन् ।

विरोधसभा कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य चक्रपाणी शर्माले भारतले कालापानी लिपुलेख लिम्यिाधुरासमेत आफ्नो नक्सामा समेटेर भारतीय नक्सा सार्वजनिक गरेको तिन महिना भइसक्दा पनि नेपाल सरकारका गतिविधि हेर्दा सुन्य रहेको र दरो खुट्टा टेकेर सार्वभौमिकता, रााष्ट्रिय स्वाधिनताको पक्षमा सरकार उभिन नसकेको जिकिर गरे । उनले राष्ट्रिय अखण्डता बचाउने सवालमा राष्ट्रियताको पक्षमा आफुहरु सरकारलाई साथ दिन तयार रहेको बताए ।

इरानि जर्नल सुलेमानिको इराकमा गरेको हत्यालाई औल्याउदै सरकारका प्रवक्ता बास्कोटाले सुलेमानि बनाइदिन्छ उनिहरुको विरुद्ध बोलेपछि भनेको कातर अभिव्यक्तिप्रति आफुहरुको गम्भिर आपत्ति रहेको बताए ।

अमेरिकन एमसिसि परियोजना नेपालमा भित्रयाउन खोज्दै छ यो अहिले एउटा मुसालाइ जालभित्र थुन्न पर्यो भने चारो हाल्ने चलन छ र यो एमसीसी परियोजनामार्फत पचास करोड भनेको नेपाललाई अमेरिकी सुरक्षा खाताभित्र हालिएको चारो रहेको बताए ।

त्यस्तै अर्का माओवादी केन्द्रका नेता नरेस शाहीले नेपालमा दुईतिहाईको सरकार भएरपनि भुमि बलात्कृत भएको र दुइतिहाई सरकारले नेपालीभुमि बलात्कृत हुनबाट जोगाउन नसकेको बताए ।