देशलाई लोकतन्त्र नभई धनतन्त्रतर्फ लगियो–पौडेल

485
views

चितवन,२६, माघ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ लग्न खोजिएको आरोप लगाए । नेता पौडेलले आइतबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै सरकार नागरिक सबै बराबर हुन् भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा धनतन्त्रतर्फ अगाडी बढेको आरोप लगाए ।

उनले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताउँदै यसले लोकतन्त्रलाई कमजोर बनाउँदै लगेको टिप्पणी गरे । उनले प्रदेश सरकारले गरेको निर्णयमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए ।

फरक प्रसंगमा नेता पौडेलले पार्टीभित्र वैचारिक द्वन्द्व भएपनि अहिले केही हदसम्म समाधान भएको बताए । आफू पार्टी्भित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो । नेता पौडेलले भने, ‘पार्टीभित्र धेरै ठाउँमा विकृति–विसंगति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ ।’

राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उनले सुशासन, पारदर्शिता र विकृतिरहित बनाउन आवश्यक रहेको बताए ।