अख्तियार प्रमुखलाई कारबाहीको चेतावनी

477
views

काठमाडौं, २६, माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विरुद्धमा आज देशव्यापी प्रदर्शन गरेका छन् । उनीहरुले आयोग पूर्वाग्रही भएको आरोप लगाएका छन ।

उपसभापति विजयकुमार गच्छदारविरुद्ध पूर्वाग्रही ढंगले विशेष अदालतमा मुद्दा दायर भएको भन्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका कांग्रेसका भ्रातृ संगठनहरूले अख्तियारकै कार्यालय प्रवेश गरेर प्रमुख आयुक्त र आयुक्तलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।