निर्मला प्रकरणः धिरु बस्नेतको प्रतिवेदन खारेज, दिलीप नै दोषी

557
views

काठमाडौं, २७, माघ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर कि १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्नेत नेतृत्वले बुझाएको प्रतिवेदन खारेज गरेको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेको एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन तथ्यहीन रहेको भन्दै प्रहरीले प्रतिवेदन खारेज गरेको हो ।

एआइजी धिरु बस्न्यातको समितिले निर्मलाको बलात्कार र हत्यापछिको अनुसन्धानका क्रममा प्रहरीले चरम लापरबाही गरेको भन्दै प्रतिवेदन तयार पारेको थियो ।

प्रतिवेदन खारेजसँगै प्रहरीले बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीप सिंह बिष्ट नै मुल्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभाग मार्फत कञ्चनपुर प्रहरीलाई निर्देशन समेत दिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ खोल्टीकी पन्त्को २०७५ साउन ११ गते हत्या भएको थियो ।