अछामकी झुप्री भण्डारीको पहिलो गीत सार्वजनिक ,कस्को मन नरोला यो गितपछि

953
views

काठमाडौ, ०१,फाल्गुण । भोवाइस अफ नेपाल रियालिटि शोबाट चर्चामा आएकी अछामकी झुप्री भण्डारी अब गायिका बनेकी छिन्।

केही समयअघि द भ्वाइस अफ नेपालुमा छाएकि झुप्री अब भिडियोमा छाएकि छन् सबैको मनमनमा छाएकि छन् । उनको स्वरमा रहेको सम्झी रुना रुना गीत सार्वजनिक भएको छ।

आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ। गीतमा लय भर्ने काम भने पाण्डव विष्टले गरेका छन्।

विनोद बाजुरेलीको एरेन्ज रहेको उक्त गीतलाई विनोद याक्खा र विरेन तितुङ्ग खिचेका हुन्। दृश्यमा झुप्रीका अलवा उनका बुबाआमा क्रमशःबलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ। गीतको निर्देशन भने कमल संघर्ष र बरुण रिजाल गरेका छन् ।