जनप्रतिनीधिलाई शुभकामना सहित जनअपेक्षा अनुसार काम गर्न सुझाव

666
views

नवदृष्टि संवाददाता
पर्वत, २४, जेठ । जिल्ला समन्वय समिति पर्वतले दुई नगरपालिका र पाँच गाउँपालिकाबाट निर्वाचित जनप्रतिनीधिलाई बुधवार एक कार्यक्रमकाबीच बधाई एवं सम्मान गरेको छ । नगर तथा गाउँपालिकाका प्रमुख/अध्यक्ष र उप्रमुख एवं उपाध्यक्षहरुलाई बधाइ एवं सम्मान गरिएको हो ।
कार्यक्रममा सात स्थानीय तहमा निर्वाचित प्रतिनीधिहरुले जनताको पक्षमा काम गर्ने प्रतिवदता जनाएका छन् । उनीहरुले जनताले दिएको जनमतको उच्च मुल्याँकन गर्दै जनताकै लागि समर्पित हुने प्रतिवद्धता जनाएका हुन् ।
स्थानीय तहको निर्वाचनबाट चुनिएका प्रतिनीधिहरुले विकासका निर्माण देखी सबै काम नगरपालिका र गाउँपालिकाबाट हुने भएकोले सबैको साथ अनिवार्य रहेको अपेक्षा गरे ।
कार्यक्रममा जनप्रतिनिधिहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा पौडेल, राजनीतिक दलका प्रमुखहरुले जनपक्षिय काम गर्न सुझाव दिदै निर्वाचित प्रतिनीधिलाई शुभकामना एवं बधाई ज्ञापन गरेका थिए ।
उक्त कार्यक्रममा जिल्लाको अवस्थाका बारेमा जानकारी दिदैं निमित्त जिल्ला ईन्जिनियर लक्ष्मीप्रसाद भण्डारीले स्वागत एवं सम्मान गरेका थिए । स्थानीय विकास अधिकारी विष्णु भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सामाजिक परिचालन अधिकृत प्रकाश लम्सालले गरेका थिए ।