सीमा निरीक्षण गर्न उपप्रधानमन्त्री कालापानी प्रस्थान

848
views

काठमाडौँ, ५, फागुन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका लागि कालापानी क्षेत्र प्रस्थान गरेका छन । पोखरेल नेपाली सेनाको हेलिकप्टरमार्फत व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास क्षेत्र प्रस्थान गरेका छन ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको ठाउँको निरिक्षण गर्न उप–प्रधानमन्त्री कालापानी प्रस्थान गरेका हुन ।