एक दिवसीय क्रिकेटमा नेपाल एक स्थान उक्लियो

626
views

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय वरियतामा नेपालले एक स्थान माथि उक्लिएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७ औं बाट १६ औं स्थानमा उक्लिएको छ ।

नेपालले घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ४ खेलमा २ जित निकालेको थियो ।

जसमा नेपालले अमेरिकालाई हरायो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो । नयाँ वरियतामा नेपालले १२ खेलमा २० रेटिङ अंक पाएको छ । नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ ।