खरिवोट गोविन्दनाथ देवशर्मा माविको ६६ औँ वार्षिकोत्सव

1069
views

निर्मल पौडेल
पर्वत, ७, फागुन । कुस्मा नगरपालिका १ पाङ स्थित खरिवोट गोविन्दनाथ देवशर्मा माध्यमिक विधालयको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वुधवार विधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दिवस सम्पन्न भएको हो ।

कार्यक्रममा विधालयका प्रअ घनस्याम पौडेलले वार्षिक भौतिक आर्थिक तथा शैक्षिक प्रतिवेदन पेश गर्दै शैक्षिक सुधार ल्याउन शिक्षक, विधार्थिी र अभिभावक को त्रिकोणत्मक सम्वन्ध हुनुपर्ने वताए ।

पौडेलले गत आर्थिक वर्षको ६९ लाख वरावरको र चालु आर्थिक वर्षको १ करोड २३ लाख वरावरको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । विधालयमा विधार्थीहरुले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।

विधार्थीहरुलाई विभिन्न पुरस्कार समेत प्रदान गरिएको कार्यक्रममा कार्यक्रमका प्रखुख अतिथी तथा पाङका वार्ड अध्यक्ष देवेन्द्र प्रसाद सुवेदीले विधालयको शैक्षिक गुणस्तरमा आफ्नो सहयोग हुने वताए । कार्यक्रममा पाङ धैरेनी माविका प्राचार्य गुणराज पौडेल,शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द सुनार र धन धान्यञ्चल महायज्ञका संयोजक रमाकान्त पौडेल लगायतले वोलेका थिए ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विधालयका शिक्षक राधिका देवी सुवेदीको स्वागत मन्तव्य र शिक्षक श्रीस पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।