मानवजातको प्रजातन्त्रमा प्रतिगमन र अग्रगमन पथ

1117
views

-सीताराम थापा
१. मानव सभ्यताको प्रजातन्त्र र प्रतिगमन : मानव समाजले पुर्ण प्रजातन्त्र मानव उत्पति मानव समाजको आगमन जस्लाई आदिम कबिला समाजमा पाइएको थिए । नेपालमा यसलाई मास्नकोे लागि जब मानिसबिच वर्गको उदय भयो, राजा र प्रजा दुई कित्तामा उभिए, कबिला सामुहिक र स्वतन्त्र समाजबाट हुकुमी अधीन शुरु भयो तब प्रजातन्त्र गुमराहमा पर्ने प्रकृया सुरु भयो । मानव सभ्यता आफैमा प्रजातन्त्र सहित उत्पति भएको थियो । आज त्यहाँ आमुक नामधारी राजा र प्रजा प्रथाले स्खलित बनाई दियो । यसलाई समाज अध्येता एवं दार्शनिकहरुले मालिक र दास प्रथाकै रुपमा समाजमा दास, बँधुवा बनाएर मानिसले मानिसको मासु खाने प्रथाको जग बिजारोपण गरेको ईतिहासले बिनामुलोहिजा हामीलाई भनिरहेको छ । प्रजातन्त्र नै नभएको समाज निर्माण गर्न जब राजा रजौटाले मुखिया जिमुवाल प्रथा, भुरौटे राजा प्रथा कायम गरे । यतिले मात्र नपुगेर भगवान, देवी देवताको काल्पनिक संसारमा मानिसलाई उभ्याईदिए । यसको लागि धार्मिक अध्यात्मिक अन्धबिश्वास जगेर्ना गर्न धर्मग्रन्थहरु स्थापना गरि मानिसलाई ठुलो र सानोको भेद खुट्टयाईदिए । यसरी अलिखित कानून र अन्धबिश्वासको जग स्थापना गरी प्रजातन्त्रलाई मन्द गतिमा शाषणका लागि भ्रम श्रृजना गरियो । संस्कारबाट प्रजा कजाउन अलिखित बनाईएर शाषन गरियो ।

अलिखित कानूनको शाषणले मात्र प्रजातन्त्रलाई रोक लगाउन नसक्ने भएपछि राजा र मालिकहरुले लिखित अलिखित र लिखित कानून भन्ने नै जनताको लागि मानव सभ्यताको जुगमा स्थापना गरियो ।

अलिखित कानूनको शाषणले मात्र प्रजातन्त्रलाई रोक लगाउन नसक्ने भएपछि राजा र मालिकहरुले लिखित अलिखित र लिखित कानून भन्ने नै जनताको लागि मानव सभ्यताको जुगमा स्थापना गरियो । प्रजालाई शाषण गर्ने कानूनको लागि शाषित अध्ययन गर्न शैक्षिक प्रणाली विकास भयो । यसलाई व्याख्या गरी प्रजालाई आफ्नो अधिनमा ल्याउन, जेल चलान गर्न अदालतिय प्रणाली पनि खडा गरियो । यति मात्र नभएर विभिन्न शाषण गर्ने तहदेखि अड्डाहरु खडा गरियो । जुन आजसम्म विकशित संरचनात्मक शाषणका रुपमा छ । जसलाई प्रजा कजाउन गरिएपनि बिकासोन्मुख संरचना भनेर भुलाईयो। यसरी मानव जातिको सभ्यतामा सुरु भएको प्रजातन्त्र स्खलित भएर मानवजातिबाटै खोसियो । यस्ले बर्ग मात्र जन्माएन, जात प्रथा, लिङ्गिय पुरुष प्रधान प्रथा र चरम शोषणमुलक समाज निर्माण गरि मानव जातिको प्रजातन्त्रमा प्रतिगमन भयो । यसरी मालिक र दास प्रथाको बिकसित रुप सामन्थि प्रथा भयो। आदिम मानव सभ्यतामा जग हालिएको, मालिक र दास प्रथाबाट झांगिएको, सामन्त प्रथाको बिकसित ब्यवस्थित रुपमा मौलाएको युग अहिले सम्मको प्रगतिशिल बिकशित मूल्य मान्यता सहितको युग र ब्यवस्था कायम छ ।

यसले मानविय प्रजातन्त्रमाथि ठाडो हस्तक्षेप त गरर्याे नै, बर्गिय, जातिय पुरुषसत्तात्मक सामन्ती सामाजिक सांस्कृतिक जाँतोमुनि पिल्सिएको अकथनिय दर्दनाक नाटक मञ्चन गरिएको ब्यवस्थित राज्य संरचना खडा गरियो । आज पनि तिनै संरचनात्मक मानव रुपि दानव संवेदनालाई गाउँघरमा जस्ताको तस्तै उभ्याएर राज्य संरचनाबाट केही नदिएर तिनै ब्यवस्थित गितलाई नयाँ आवरणको संगितको भाका भर्दै र फेर्दै मानव गरिमा र अधिकारको सूक्ष्म र सुन्दर चित्रणको नाममा प्रजातन्त्र दिवस नेताहरुले हुकुमी सलामि दिएर विभिन्न आवरणमा निरन्तरता दिईएको सचेत ढङ्गले प्रजाहरु हेरीरहेको आभाष पाईन्छ ।

२. प्रजातन्त्र प्राप्तिको लागि अग्रगमनः
यहि पृष्ठभूमिमा नेपाल भूमिमा एकतन्त्रि हुकुमी राणा शाही पञ्जाबाट मुक्त दिलाउन २००७ शालमा त्यहि प्रजाले गरेको बलिदानिपूर्ण संघर्ष सुरु गरे । निरंकुश सामन्ती राणा शाहीका बिरुद्ध गरिएको संघर्षको बिगुल फुक्ने प्रथम शहिद वीर लखन थापादेखि लिएर प्रातस्मरणीय वीर शहिदहरु गंगालाल, धर्मभक्त, लगायतको सबै वीर सन्ततिलाई स्मरण गर्नु मानव उत्पतिदेखि आदिम कबिलामा पाएको मानव गरिमाको प्रजातन्त्रलाई स्मरण नेताले हैन जनताले फरक र सहि तरिकाले गर्न सके प्रजातन्त्र आएको अनुभूति दिन आवश्यकता छ । परम्परावादी शैली र आलोकमै राजाबाट ठूला राष्ट्रपति र नेताले माल्यार्पण गर्नु, वाचन गर्ने प्रजाहरुको व्यापक सहभागिता र पहुँच बिना गरिएका यस्ता कर्महरु जनपक्षिय दृष्टिले सुन्दर हुनै सक्तंदैन । अहिले पनि “हुदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपूत मरेर नगए’’ भन्ने गित संगित सुनेर तिनै सहिदको नाम जपेर जनमुखि संस्कृतिमा आफुलाई रुपान्तरण गर्ने मानविय चेष्टा गर्नै पर्छ ।

वीर सहिदले नेपाली जनताको निमित्त नझुकेर छातीमा तातो गोली थापेर रातो रगतका बाछिटा नेपाली धर्तिमा छर्किनुलाई सहिदको रगतले नेपाल भूमि र नेपाली नेतृत्वलाई दिशाबोध र मार्गदर्शन गराएको बाचालाई सामान्य औपचारीक मात्र दिएमा रगतको गरिमा र अस्मितालाई वास्तविक र ब्याबहारिक स्विकाकारोेक्ति माथि प्रश्न उठ्ने छ । किन कि यसकै सिकाईबाट नेपालमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीजस्ता राणा शासन बिरोधी आन्दोलनकारी पार्टीहरु र बिभिन्न शक्तिहरुले जहानिया राणा शाषणलाई नेपाली मानबले शंखघोष गरेको ईतिहासको तथ्य छिप्दैन । यहि सहिदको रगत र आन्दोलनको मलजलले नेपालजनको बिरता र प्रगतिशिलताको आगमनमा आत्तिएर राष्ट्रिय अन्तराष्ट्रिय प्रतिगामी शक्तिहरुकोे षडयन्त्रमा भारतको दिल्लीमा राणा, राजा र नेपाली काँग्रेसका बीचमा अपुरो नै भएपनि त्रिपक्षीय सम्झौता गराइएको थियो । मानवले जन्मजात पाएको प्रजातन्त्रलाई सामन्ती दरबारिया शक्तिले लामो समय मानव जातिकै छालामाथि शाषण गरेको हो । यद्यपि ८ बर्ष पछि राजा बिरुद्व प्रजाले प्रजातन्त्रकै खातिर २०१५ सालको पहिलो आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाईमतकासाथ बिशाल प्राप्त गर्न सफलता पायो । यसपछि राजाद्वारा २०१७ मा प्रतिगमन ३ दशक रगत सिंचेर ०४६ प्रजातन्त्र पुन बहाली गरे । प्रतिगमन अग्रगमन हुँदै युद्व र २ ०६२ र ०६३ आन्दोलन भयो । जनआन्दोल जारी छ ।