वेपत्ता युवकको खोजीका लागि शसस्त्र प्रहरीको गोताखोर टोली परिचालन

591
views

पर्वत, २५, जेठ । कालीगण्डकी नदिमा डुवेर वेपत्ता भएका एक युवकको खोजीका लागि शशस्त्र प्रहरीको गोताखोर टोलि परिचालन गरिएको छ । बागलुङ नगरपालिका स्थित काठेखोला–८ बागलुङका १९ वर्षिय सुनिल पुन मंगलवार साँझ कालीगण्डकीमा डुवेर वेपत्ता भएका उनको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ ।
पर्वत र बागलुङको सिमाना मालढुंगाबाट नदिमा डुवेका उनको नदिका दुवै किनारामा खोजी गर्दा पनि नभेटिएपछि गोताखोर टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल चण्डिका गण कुश्माका गणपती सुदर्सन शिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको विशेषज्ञ टोलीद्धारा अहिले खोजी भैरहेको छ ।
मंगलवार साँझ बागलुङ नगरपालिका–१ मालढुंगा स्थित बागलुङ पर्वत सडकमा ध १ ज ४१४ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा गियरको डण्डीनिर लुकाईछिपाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम ट्याबलेट ३ थान प्रहरीले बरामद गरी उक्त ट्याक्सीमा सवार ३ जना मध्ये सोही ठाउँ बस्ने २८ वर्षीय दिपेन्द्रभरत भन्ने दिपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ घर भई हाल सोही ठाउँ बस्ने २४ वर्षीय भिमसेन लामालाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको थियो ।
ट्याक्सीमा रहेका काठेखोला गाँउपालिका–८ घर भई बागलुङ नगरपालिका–३ देउरालीचोक बस्ने १९ वर्षीय सुनिल पुन भागेर कालगण्डकी नदीमा हामफाली पौडी खेली पारी तर्ने क्रममा नदीकै बीचबाट बेपत्ता भएको प्रहरीले बताएको छ ।
उक्त घटनाका बिरोधमा पोखरा बागलुङ राजमार्ग समेत अवरुद्ध पारिएको छ । नदिमा डुवेका युवाको खोजी गरी पिडितलाई तत्काल न्याय दिलाउन माग गर्दै आफन्तहरुले सडक तथा बागलुङबजार बन्द गराएका हुन् ।