नुवाकोटको कुलुलेमा बस दुर्घटना १६ घाईते (नामावलीसहित)

523
views

नुवाकोट, ८, फागुन । नुवाकोटको पञ्ञ्चकन्या गाउँपालिका–४ कुलकुलेमा भएको दुर्घटनामा १६ जना घाईते भएका छन । आरुखर्कबाट काठमांण्डौ तर्फजादै गरेको बा २ ख ६७४० नं को बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

घाईतेको स्थानिय मेडिकलमा सामान्य उपचार भएको र गम्भिर दुईजनालाई काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ । बसका चालक फरार छन भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा नुवाकोट पञ्चकन्या गाउँपालिका–४ थप्रेक बर्ष २३ का रामेश्वर खतिवडा र ७५ बर्षिय ईन्दिरा खतिवडा गम्भिर घाईते भएका छन् । यस्तै नुवाकोट पञ्चकन्या गाउँपालिका–४ थप्रेकका २१ बर्षिय राजु तामाङको अबस्था मध्यम, सोही ठेगानाका २३ बर्षिय बिष्णु विकको अबस्था सामान्य, १७ बर्षिय सपना तामाङ सामान्य, बर्ष ५३ का मंगले तामाङ सामान्य, बर्ष १६ का अनिल तामाङ मध्यम, बर्ष २६ का छाबा छिरिङ तामाङ सामान्य घाईते भएका छन ।

यस्तै सोही ठेगानाकी २३ बर्षिय डोल्मा तामाङ मध्यम, ७३ वर्षिय इन्द्र खतिवडा सामान्य बर्ष ३९ का बुद्दि बहादुर तामाङ सामान्य, बर्ष ३९ को कृष्ण बहादुर कार्की सामान्य, नुवाकोट ४ बानियाटार बस्ने बर्ष २१ का केशब खनाल सामान्य, बर्ष १८ का अजय लामा मध्यम बर्ष ४८ को लाल बहादुर तामाङ मध्यम, बर्ष २९ का सुरेन्द्र तामाङको अबस्था सामान्य रहेको नुवाकोट प्रहरीले जनाएको छ ।