बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता

443
views

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक घटना क्रममा र पार्टीले संविधान संसोधनका लागि संयन्त्र बनाएपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको जनाइएको छ ।

शनिबार बसेको सचिवालय बैठकले माधवकुमार नेपालको नेतृत्वमा राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्न गृहकार्यका लागि कमिटी गठन गर्ने निर्णय भएको थियो ।

संविधान संसोधनको निर्णय भएलगत्तै त्यसको विरोध भएको छ । त्यसैगरी भेटमा घुस बार्गोनिङको टेप सार्वजनिक भएपछि राजीनामा दिएका निवर्तनमा सञ्चारमन्त्री गोकुल बास्कोटाको विषयमा पार्टीले छानविन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

संविधान संसोधनका लागि संयन्त्र बनाएपछि विवाद उत्पन्न भएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दम्भ र अलिकति हिम्मत छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदकानिम्ति संविधान संशोधन गर्न चेतावनी नै दिएका छन् ।