एनआइसी बैंकद्वारा खातावालालाई औषधी उपचार बिमा रकम भुक्तानी

3125
views

पर्वत, १४, फागुन । एनआईसी एशिया बैंक लिमिटेड कुश्मा शाखाले चमत्कारिक बचत खातावालालाई औषधी उपचार बिमा रकम भुक्तानी गरेको छ । बैंकको कुश्मा शाखाले चमत्कारिक बचत खाता योजना अन्तर्गत खाता खोल्नुभएका कुश्मा, पर्वतका सीता कुमारी क्षेत्री थापालाई औषधी उपचार बापतको बिमा दावी रकम हस्तान्तरण गरिएको हो । बैंकका तर्फबाट शाखा प्रबन्ध विजय चापागाईंले एक कार्यक्रमको आयोजना गरि रु ५८ हजार ३ सय २० रुपैयाँ को चेक हस्तान्तरण गर्नुभएको थियो ।

बैंक बाट सञ्चालनमा रहेको उक्त खाता खोलेर कारोबार गर्दै आएका थापाले औषधी उपचार बापतको चेक बुझी सके पछि पहिले त विज्ञापन मात्रै होला भन्ने लागेको आज आँफैले यत्रो रकम पाउँदा बैंक प्रति झनै विश्वास वढेर आएको कुरा बताउनु भयो । साथै उहाँले यस योजनाका बारेमा थाहा नपाएका सबै आफन्त लाई समेत बैंकमा यही खाता खोल्न सुझाव दिने कुरा बताउनुभयो ।

बैंकमा चमत्कारिक खाता खोलेका ग्राहकहरुले २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउने ब्यवस्था गरेको प्रवन्धक विजय चापागाईंले बताउनुभयो । बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा उपलब्ध गराउनुका साथै १८ घातक रोगहरुको लागि रु १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधीउपचार बीमा सुविधासमेत उपलब्ध गराईएको चापागाईंले जानकारी दिनुभयो ।