हिजो आजका कुरा ‘माया जदौ’ (भिडियो)बजारमा

82
views

काठमाडौं । कमेडी जनराको फिल्म ‘हिजो आजका कुरा’ मा समावेश ‘माया जदौ’ बोलको गीत सोमबार सार्वजनिक गरिएको छ । साकार पन्तको डेब्यु निर्देशनमा अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ । आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजित बाँस्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलिया, दिनेश डीसी, दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, जयनन्द लामा, शिवहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा विश्वकर्मा, जेविका कार्की, नवीन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सविन शाक्य, मञ्जु श्रेष्ठ, विनय कुइँकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायतका चर्चित कलाकारलाई प्रस्तुत गरिएको छ ।

नेपाली फिल्मको गीतमा यति धेरै सेलिब्रेटीलाई एकसाथ समेटिएको यो नै पहिलो हो । वैशाख १२ गतेबाट प्रदर्शन हुने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्तलगायतका कलाकारले अभिनय गरेका छन् ।

पन्त फिल्म प्रोडक्सनमा निर्मित फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सहनिर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मि श्र छन् । रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष पन्तको हो भने सन्दीप किस्नाको पटकथा रहेको छ ।