जिल्ला अस्पताल पर्वतमा विभिन्न रोगहरुको निशुल्क उपचार तथा औषधी प्रदान

754
views

निर्मल पौडेल पर्वत, १९ फागुन २०७६  

कुनै समय सिटामोल, जीवनजल र सामान्य चिकित्सको समेत अभाव हुने जिल्ला अस्पताल पर्वतले अहिले विभिन्न रोगहरुको उपचार संगै औषधी समेत निशुल्क प्रदान गरेको छ । विभिन्न रोगहरुवाट ग्रसित विरामीहरु लाई उपचारको लागि पोखरा काठमाण्डौ जानुपर्ने वाध्यताको अन्त्य गर्ने उच्चतम प्रयास गरिरहेको अस्पताल स्रोतले वताएको छ ।
अस्पतालमा विशेषज्ञ डाक्टरको दरवन्दी अभावमा पनि पोखरा तथा काठमाण्डौका विभिन्न अस्पतालहरुसंग भगिनी सम्वन्ध स्थापना तथा सहकार्य गरी विभिन्न रोगहरुको स्वास्थ्योपचार संगै निशुल्क औषधीहरु समेत प्रदान गर्दै आएको अस्पताल विकास तथा व्यवस्थापन समितीका अध्यक्ष गोविन्द पहाडीले वताए । पहाडीले भने हरेक महिना विभिन्न रोगहरुका विरामीहरु लाई विशेषज्ञ डाक्टरहरु वाट स्वास्थ्य जाँच गराई निशुल्क औषधी प्रदान गर्ने व्यवस्था गरेका छौँ , हरेक महिना १० गते २० गते र महिनाको अन्तिम दिन फरक फरक रोगका विरामीहरुको लागी विशेषज्ञ आएर निशुल्क स्वास्थ्य जाँच गर्नुहुन्छ , अस्पतालले निशुल्क औषधी प्रदान गर्छ । ’’
अस्पतालमा भोली फागुन २० गते गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत टाउको नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर निर्मल लामिछाने आउने भएकोले विरामीहरुलाई स्वास्थ्य लाभ लिन समेत पहाडीले आग्रह गरेका छन् । अस्पतालमा गत १४ गते देखी आउने चैत्र दोस्रो साता सम्म छाला रोगको समेत विशेषज्ञ डाक्टरवाट उपचार सेवा प्रदान गरिएको छ ।
अस्पतालमा मृगौला रोग पीडितहरुको लागि डायलासिसको उपचार सेवा १ महिना भित्र सञ्चालनमा आउने र त्यसका लागि जसको लागि अस्पतालले ६ जना स्टाफ नर्सलाई तालिम दिईसकेको छ भने डायलासिस कक्षका बिभिन्न संरचनाहरु निमार्ण सम्पन्न गरी सकेको छ । अबको एक महिना भित्रै डायलासिस सेवा सुरु गर्ने तरिकाले आफू लागेको अध्यक्ष पहाडीले वताए। डायलासिसका ३ वटा मेसिन पनि अस्पतालले अबको एक साता भित्र भित्र्याउदै छ । आर्थिक अवस्था कमजोर भएकाहरूले यो सेवाबाट बढी लाभ लिन पाउनेछन् । अस्पतालले पहिलो पटक मृगौला बिग्रेपछि रगत सफा गर्ने डायलासिस सेवा दिन लागेको हो । चर्को शुल्क तिरेर निजीमा जाने बिरामीले अब सरकारी अस्पतालमा नै निःशुल्क सेवा पाउने पहाडीले वताए
प्रदेश सरकारले डायलासिसका ३ वटा मेसिन सहयोग गर्दैछ भने १ मेसिन बेल्जियम बस्ने पर्वतेलिहरुको तर्फबाट प्राप्त हुने भएको हो । अस्पतालमा सामान्य रुगाखोकी देखी नाक, कान, घाँटी, पेट, छाती, मुटु मधुमेह, थाइराईड,मृगौला,हाईड्रोसिल, यौन तथा छाला रोग,स्त्री रोग, वाल रोग हाडजोर्नी लगायतका सम्पुर्ण रोगहरुको निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
निजी मेडिकलहरुमा चर्को मुल्यमा सामान्य उपचार गराउनु भन्दा निशुल्क तथा सामान्य शुल्कमा यस अस्पतालमा विषेशज्ञ द्धारा स्वास्थ लिन विरामीहरु लाई अस्पताल स्रोतले आग्रह समेत गरेको छ । अस्पताल विकास समितीमा अध्यक्ष पहाडीको आगमन संगै अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरुमा आमुल परिवर्तन आएको र विरामीहरु लाई पनी सहज भएको अस्पताल स्रोतले वताएको छ ।