प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल

648
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ । मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको हो । प्रत्यारोपणबारे अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।

प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणका लागि बुधबार बिहान १० बजेपछि अपरेशन थिएटरमा लगिएको थियो । प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालले अपरान्ह साढे चार बजे पत्रकार सम्मेलन गरेर स्वास्थ्यस्थितिबारे जानकारी दिन लागेको हो ।

चिकित्सकहरुले अनौपचारिक रुपमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको बताएपनि अस्पतालले औपचारिक पत्रकार सम्मेलनमार्फत जानकारी दिने प्राध्यापक डा. अरुण शायमीले बताए ।