पूर्व सूचनामन्त्री बास्कोटाको घरमा बम विस्फोट

443
views

भक्तपुर, २८, फागुन । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । भक्तपुरस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको बास्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ ।

विस्फोटबाट बाँस्कोटाको घरमा केही क्षति पुगेको छ । घरमा बन्दै गरेको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेको प्रहरीले जनाएको छ । त्यस्तै, विस्फोटस्थल नजिकै रहेको मारुती कारमा समेत क्षतिपुगेको जनाइएको छ ।

बाँस्कोटा परिवारसहित बालकोटस्थित प्रधानमन्त्री ओलीको घरमा बस्दै आएकाले कुनै मानविय क्षति हुन पाएन् ।