कोरोना अस्पताल राखिएका किड्नी पीडितको मृत्यु

938
views

चितवन, ११, चैत्र । भरतपुर कोरोना अस्पतालमा राखिएका किड्नी पीडित विरगञ्जका ३० वर्षिय सन्तोष यादवको मृत्यु भएको छ । उनको मृत्युको कारण खुलेको छैन । मंगलबार बिहान ७ बजे यादवको मृत्यु भएको हो ।

यादवलाई चितवन मेडिकल कलेजले रिफर गरेर चैत्र ९ गते साँझ कोरोना अस्पताल पठाएको थियो । यादव किड्नीका रोगी थिए । उनलाई ज्वरो र निमोनिया देखिएपछि कोरोना अस्पताल रिफर गरिएको थियो । उनको स्वाप थ्रो परिक्षणका लागि मंगलबार काठमाठौ पठाइएको छ । उक्त रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पहिचाना हुने एक चिकित्सकले बताए ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका उनलाई रक्त अल्पताको आशंका पनि गरिएको छ । मिर्गौलाले काम गर्न छोडेपछि मृत्यु भएको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।

कोरोना अस्पतालको जनरल वार्डमा राखिएका उनलाई स्वास्थ्यमा थप समस्या भएपछि विहान मात्रै आईसियुमा सारिएको थियो ।