राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत द्धारा जिप्रका पर्वत लाई माक्स र सेनिटाईजर प्रदान

1008
views

निर्मल पौडेल पर्वत ११ चैत्र २०७६
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाले जिल्ला प्रहरी कार्यलय पर्वत लाई १ सय ५० थान माक्स र सेनिटाईजर प्रदान गरेको छ । वजार सुनशान वनिरहेको र माक्सहरुको अभाव भईरहेको अवस्थामा जिल्ला शाखा पर्वतले उक्त सामाग्री प्रदान गरेको हो । उक्त माक्स राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल धौलागिरी अञ्चलका संस्थापक महासचिव कृष्ण अखेली र प्रतिष्ठान जिल्ला शाखा पर्वतका अध्यक्ष दिपक गदालले जिल्ला प्रहरी कार्यलय पर्वतमा पुगेर प्रहरी नायव उपरिक्षक स्यामु अर्याल लाई प्रदान गरेका हुन् ।कोरोना भयावहको स्थिती निम्तीन नदिनका लागि नेपाल सरकारले गरेको लकडाउनको वेलामा देश र जनताका लागि अहोरात्र खटिने सुरक्षाकर्मीहरु लाई माक्सको अभाव नहोस भनेर थोरै मात्रमा भएपनी माक्स उपलव्ध गराएको लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष दिपक गदालले वताए । वजार सुनशान छ र माक्स सेनिटाईजर जस्ता वस्तुहरुको अभाव छ,जनता आँफै सम्यमता अपनाउन भनिएको छ तर यो परिस्थितीमा सुरक्षाकर्मीहरु जनता लाई सुरक्षा दिनका लागि हरेक व्याक्तिहरु संग जनसम्पर्कमा रहनुपर्ने वाध्यतामा रहेका सुरक्षाकर्मीहरु लाई जोखिमको उत्तिकै त्रास भएको परिस्थितीमा यीनै पीडाहरुको अनुभुत गर्दै थोरै मात्रामा भएपनी माक्स र सेनिटाईजर वितरण गरेको गदालको भनाई छ ।माक्स र सेनिटाईजर वुझ्दै पर्वतका प्रहरी प्रमुख स्यामु अर्यालले लोक तथा दोहोरी गीत प्रतिष्ठान लाई धन्यवाद व्यक्त गर्दै यो विकराल परिस्थितीमा दोहोरी गीत प्रतिष्ठानले सुरक्षाकर्मीहरु प्रति देखाएको सहानुभुती निकै सह्रानिय भएको वताए ।अर्यालले मानिसहरु लाई घरमै वस्न अत्यावश्यक काम वाहेक वाहिर ननिस्कन र आफ्नो ख्याल गर्न आग्रह गरेका छन् ।यसैगरी प्रतिष्ठान धौलागिरीका संस्थापक महासचीव कृष्ण अखेलीले यो विषम परिस्थितीमा सुरक्षाकर्मीहरु जस्तोसुकै ठाउँहरुमा र जुनसुकै वेला पनि खट्नुपर्ने भएकोले संक्रमण वाट जोगिन माक्सको अभाव नहोस भनेर प्रदान गरिएको वताए । पर्वत प्रहरी लक डाउनको वेलामा नागरिक हरुलाई सुरक्षा दिनका लागि माइकिङ गर्दै अहोरात्र खटिरहेको छ । मानिसहरुको आवतजावत र सवारी आवतजावत रोक्नका लागि प्रहरी कार्यलय गेट अगाडी लोकमार्गमा वारनै अगाएको छ ।