प्रदेशमा पिपिई सेट तथा मास्क पठाइयो

831
views

काठमाडौं, १२, चैत्र । केन्द्र सरकारले ६ वटा प्रदेशमा कोरोना भाइरस संक्रमण भएनभएको परीक्षण तथा घाँटीको ¥याल संकलन गर्ने क्रममा स्वास्थ्यकर्मीले लगाउनुपर्ने पिपिई सेट पठाइएको छ । ५० सेटको दरले स्वास्थ्य सुरक्षा सामग्री (पिपिई) तथा ३० हजारको दरले मास्क पठाएको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा सोमबार पिपिई सेट तथा मास्क पठाइएको हो । गण्डकी प्रदेशमा पनि ५० वटा पिपिई सेट र ३० हजार मास्क पठाउने तयारी भएको विभागले जनाएको छ ।

पिपिईभित्र स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चस्मा, मास्क, पन्जा, बुटलगायतका सामग्री पर्छन् । कोराना भाइरस संक्रमणका बिरामीको उपचार तथा रेखदेखमा संलग्न डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीले पनि पिपिई प्रयोग गर्नुपर्छ ।

स्वास्थ्य मन्त्रालयले ३३ हजार पिपिई सेट खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । स्वास्थ्य सेवा विभागले २८ हजार पिपिई सेट खरिदका लागि २८ करोड रुपैयाँ छुट्याएको छ ।