कोषमा पूर्वराजा शाहको दुई करोड सहयोग

442
views

काठमाडौं, १८, चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले ’कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दुई करोड सहयोग गरेका छन् । ‘दुःख कष्ट र आपत बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको मा दाखिला गर्न बुझाएका छौं’, उनले एक विज्ञप्ति निकाल्दै भनेका छन् ।

मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ(आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान र्पुयाउनु अनिवार्य भएको उनले बताएका छन् ।

‘यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ’, शाहले भनेका छन्, ’महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान र्पुयाउने सञ्चारकर्मी एवम् पत्रकारहरूप्रती हामी आभारी छौँ उनले भनेका छन् ।’

आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दुस्खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न अनुशासन तथा धैर्यता देखाएको पनि उनले बताएका छन् ।