कोरोना संक्रमणबाट चर्चित अमेरिकी जाज संगीतकारको मृत्यु

515
views

काठमाडौँ, १९, चैत्र । अमेरिकाका चर्चित ट्रम्पेटवादक तथा जाज संगीतकार वालेस रुनीको मृत्यु भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुनीको मंगलबार मृत्यु भएको हो ।

५९ वर्षिय रुनीको उपचारका क्रममा न्यु जर्सीको सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टरमा मृत्यु भएको सीएनएनले जनाएको छ ।