अलपत्र नेपाली उद्वारमा प्रहरी

521
views

विराटनगर, १९, चैत्र । भारतसँग सीमा जोडिएको जोगबनी नाकामा अलपत्र परेका १३ नेपालीको प्रहरीले उद्वार गरेको छ । सीमाबाट उद्वार गरिएका नेपालीको स्वास्थ्य परीक्षण गरी घर पठाएको पनि प्रहरीले जनाएको छ ।

भारतका विभिन्न सहरबाट आएका उनीहरू सीमामा अलपत्र परेका थिए । प्रहरीले उद्दार गरिएका व्यक्तिरूबारे थप जानकारी दिएको छैन ।

महानगरपालिका प्रमुख भीम पराजुलीले विदेशबाट फर्केकाहरूलाई अन्यत्र नगई घरमै बस्न भनिएको बताए। केहीलाई भने महानगरले स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।