बाग्लुङमा कोरोना संक्रमितको संख्या दुई पुगेपछि पर्वतमा सर्तकता

एकद्धार प्रणालीबाट राहत वितरण गर्न प्रजिअको निर्देशन

1035
views

निर्मल पौडेल
पर्वत । पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले लकडाउनको वेला जिल्लाका पालिकाहरुमा गरिरहेको राहत वितरण लाई एकद्धार प्रणालीवाट वितरण गर्न आग्रह गरेकी छन् । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोनाका कारण निम्तीएको यो विषम परिस्थितीमा गरिव तथा मजदुर परिवारमा गरिने राहत वितरण एकद्धार प्रणालीवाट गर्न आग्रह गरेकी हुन् ।

हामीसंग कुराकानी गर्दै प्रजिअ नेपालले कुनैपनी व्याक्ति विशेष तथा संस्थाहरुले जिल्लाका विभिन्न ठाउँका विपतमा परेकाहरु लाई राहत वितरण गर्दा संवन्धित पालिकाको विपत व्यवस्थापन राहत कोष तथा राहत वैँक मार्फत गर्न आग्रह गरेकी हुन् । विपत व्यवस्थापन तथा राहत वितरणको जिम्मेवारी सरकारले पालिकालाई दिएकोले पालिकाले आफ्नो सही निर्णय अनुसार अगाडी वढ्नुपर्ने वताइन् ।

सुरक्षाको हिसावमा एम्वुलेन्स, सुरक्षाकर्मीका गाडी,फलफूल दुध तथा तरकारीका वाहेक अन्य यातायात समेत सञ्चालन नभएको प्रजिअको भनाई छ । जिल्लाको फलेवास नगरपालिका र जलजला गाउँपालिकामा आँफुनै पुगेर त्यहाँको अवस्थाका वारेमा जानकारी लिएको र अन्य पालिकाहरुको अवस्था पनि सामान्य रहेको जानकारी दिईन ।

विपत व्यवस्थापनको लागि आफ्नो अध्यक्षतामा जिल्लाका अन्य जनप्रतिनिधी, पत्रकार ,स्वास्थ्य प्रमुख,उद्दोगी तथा अन्य सरोकारवाला निकायको विचमा कसरी विपतको सामना गर्न सकिन्छ ? कसरी अगाडी वढ्ने भन्ने विषयमा छलफल भएको र प्रशासनले सर्तकता र सजगताका लागि सुचनानै प्रकाशन गरेको जानकारी दिइन । साथै सम्पुर्ण जिल्लावासीले नेपाल सरकारले गरेको लकडाउनको पुर्ण पालना गरी सचेत नागरिकले आफ्नो कर्तव्य पालना गर्नुपर्ने भन्दै आँफुले पनी जिल्लाका पालिकाहरु संग सवन्वय गरी उच्च सर्तकताका कदम अगाडी वढाईरहेको जानकारी दिइन् ।

लकडाउनको अवज्ञा गर्नेलाई कडाभन्दा कडा कार्वार्ही गर्ने नेपालको चेतावनी रहेको छ । जिल्लामा ३ सय ६३ क्वारेन्टाईन र आईसोलेसनको व्यवस्था संगै तत्काल उपचारका लागि कोरोना अस्पतालको निर्माण गरिएको समेत जानकारी दिए । फलेवासको क्वारेन्टाइनमा ३ जना र विहादीमा २ जना गरी ५ जना रहेको जानकारी दिइन । अहिले जिल्लामा वाहिर विदेश वाट आउने तथा अन्य जिल्लाहरुवाट आएकाहरुको खोजिकार्य भैरहेको जानकारी गराइन् ।