एक स्थानीयतहबाट अर्को स्थानीय तहमा जान रोक

552
views

काठमाडौं, २३, चैत्र । सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतहबाट अर्को स्थानीयतहको आवतजावतमा कडाई गर्ने निर्णय गरेको छ ।अनावस्यक आवागमनलाई सरकारले रोकेको हो । कोरोना भाइरस नियन्त्रणको लागि यसो गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

साथै सरकारले स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षाको प्रत्याभुति दिइने निर्णय समेत गरेको छ । शनिबारसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पहिलो पटक धनगढीमा स्थानीयतहमा एक जनामा भाइरस सरेसँगै संक्रमणको दोस्रो चरण सुरु भएका बेला सरकारले यस्तो निर्णय गरेको हो ।

सरकारले चैत ११ गतेदेखि लकडाउनको अवस्थामा फेरी लकडाउनको समयावधि बढाएर थप चैत २५ गतेसम्म कायम गरेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले यस्तो कदम चालेको हो ।