किसानले गरे अर्गानिक तरकारी सहयोग

618
views

निर्मल पौडेल
पर्वत, २२, चैत्र । पर्वतको जलजला गाउँपालिकाका कृषकहरुले ५० हजार रुपैयाँ वरावरको तरकारी सहयोग गरेका छन् । यहाँका किसानले जलजला गाउँपालिका कार्यालय मार्फत सहयोग गरेका हुन् ।

उनीहरुले कोरोना भईरबाट सबै सुरक्षित रहुन भन्ने हेतुले उक्त रकम वरारको तरकारी सहयोग गरेका हुन् । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ का कारण ताजा तरकारीको उपयोग गर्न वाट कोही पनि वञ्चित हुन नपरोस भन्ने हेतुले कृषकहरुले उक्त रकम वरावरको तरकारी सहयोग गरेका हुन् ।

जलजला गाउँपालिका वार्ड नम्वर ६ शालिजाका कृषकहरुले व्यावसायिक रुपमा लगाएको तरकारी सामुहिक रुपमा सहयोग गरेका हुन् । शालिजामा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका चेनकाटे स्थित सापकोटा कृषी फार्म र सुवेदी कृषी फार्मको पहलमा अन्य स्थानिय कृषकहरुले उत्पादन गरेको तरकारी गाउँपालिका लाई सहयोग गरेको स्थानिय चन्द्रकान्त भुसालले जानकारी दिएका छन् ।

किसानले वन्दा काउली, रायो साग, आलु, प्याजको साग, धनिया पत्ता लगायत अन्य ताजा तरकारीहरु गाउँपालिका मार्फत सहयोग गरेको सुवेदी कृषी फार्मका सञ्चालक तथा अगुवा कृषक धर्मदत्त सुवेदीले वताए ।

तरकारी सहयोगीहरुमा शालिजामा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका सापकोटा कृषी फार्मका लिलाधर सापकोटा, सुवेदी कृषी फार्मका धर्मदत्त सुवेदी, कृषक दुर्घ प्रसाद सुवेदी, तारानाथ सापकोटा, गुमा सापकोटा, दुर्गा सुवेदी, कलाधर सुवेदी, यामलाल अधिकारी, श्यामप्रसाद सापकोटा हुन् ।