मलेसियामा भवनबाट खसेर नेपाली युवकको मृत्यु

1273
views

क्वालालम्पुर । मलेसियामा निर्माणाधिन भवनबाट खसेर एक नेपाली युवकको मृत्यु भएको छ ।
मलेसियाको पुत्राजयामा बन्दै गरेको २३ तले अग्लो एन्टिकरप्सन कमिसन बिल्डिङबाट खसेर भोजपुर रानीवन ९ हर्काका ३१ वर्षीय भीमबहादुर कटुवालको मृत्यु भएको हो ।
मलेसियाको प्रहरीले १७ वा २३ तला माथिबाट खसेको हुनसक्ने अनुमान गरेको स्थानीय संस्था ‘द स्टार’ ले जनाएको छ ।
कटुवालका छिमेकी कमल बस्नेतले उनी करीव तीन वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएको जनाएका छन् । कटुवालको परिवारमा दुई छोरा र श्रीमती रहेका छन् । उनको शब स्थानीय अस्पतालमा राखिएको छ ।