कोरोनाका कारण १ लाख ८३ हजार बढीको मृत्यु

875
views

काठमाडौं, ११, बैशाख । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ८३ हजार ८ सय ९३ पुगेको छ । संक्रमितको संख्या भने २६ लाख ३३ हजार २ सय ७६ पुगेको छ । संक्रमितमध्ये ७ लाख १७ हजार २ सय ८४ जना उपचारपछि निको भएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण ८ लाख ४६ हजार ९ सय ४ जना संक्रमित हुँदा ४७ हजार ५ सय ४७ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ८ हजार ३ सय ८९ जना संक्रमित हुँदा २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ८७ हजार ३ सय २७ पुगेको छ । त्यहाँ २५ हजार ८५ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५९ हजार ८ सय ७७ जना संक्रमित हुँदा २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ५० हजार ६ सय ४८ जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार २ सय ७९ पुगेको छ । बेलायतमा १ लाख ३३ हजार ४ सय ९५ जना संक्रमित छन् भने १८ हजार १ सय जनाको मृत्यु भएको छ ।

भारतमा पनि संक्रमितको संख्या बढेर २१ हजार ३ सय ७० र ६ सय ८१ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १० हजार ७६ पुग्दा २ सय १२ जनाको मृत्यु भएको छ । (एजेन्सी)