भारतमा लम्ब्याइयो लकडाउन

482
views

बैशाख, २०, नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले लगाएको लकडाउन फेरि लम्ब्याएको छ ।

आगामी मे ४ देखि थप दुई हप्ताको लागि लकडाउन थपिएको हो । नरेन्द्र मोदी नेतृत्वको सरकारले यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयले कोभिड विरुद्ध निर्दे्शिका जारी गर्दै लकडाउन उल्लंघन नगर्न सबै नागरिकलाई सूचित गरेको छ । तर कोरोना प्रभावको आधारमा ‘रेड जोन’, ‘ओरेन्ज’ र ‘ग्रीन जोन’ भनी सूचित गरिएको छ ।