अस्पताल आउने विरामीको संङ्ख्या न्यून

1649
views

निर्मल पौडेल
पर्वत,२४, वैशाख । पर्वत अस्पतालमा पछिल्लो महिना यता मौसमी तथा अन्य विरामीहरु संङ्ख्या न्यून रहेको छ । विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ संक्रमणका को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएसंगै अस्पतालमा आउने विरामी विरामीहरुको संङ्ख्या न्यून रहेको अस्पतालले जानकारी दिएको छ ।

लकडाउन भएता पनि पर्वत अस्पतालमा ज्वरोका विरामीहरु न्युन संङ्ख्यामा आउने गरेको अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाले वताएका छन् । अस्पतालमा ज्वरो,रुघा,खोकीका विरामीहरु आउने सङ्ख्या पहिले भन्दा कम रहेको डाक्टर देवकोटाको भनाई रहेको छ ।

मौसम परिवर्तन हुने वेलामा भाइरल ज्वरोका विरामीहरु दर उच्च हुने भएपनी विगतका वर्षहरुमा जस्तो मौसम परिवर्तन हुने महिना चैत्र,वैशाखमा अहिले विरामीहरु अस्पताल नआएका हुन् । डा. देवकोटाका भने “विगतका वर्षमहरुमा यो समयमा दैनिक ४५ देखी ५० को हाराहारीमा विरामीहरु आउने गर्थे अहिले लकडाउन भएर विरामीहरु अस्पताल नआएको अनुमान छ ।

लकडाउनको पालना गर्दै घरमै वसेर स्वास्थ्य केयर गरेको र अन्य वाहिरी वातावरणिय प्रदुषणको प्रभाव नपरेका कारण विरामीहरुको संङ्ख्या न्यून हुन सक्छ, विरामी नहुनु राम्रो पक्ष हो , धैरै जसो विरामीहरुले फोन मार्फत स्वास्थ्य समस्या वताउनुहुन्छ, मैले आवश्यक सल्लाह र औषधी सेवन गर्न आग्रह गर्छु सोहीको प्रभाव पनि हुन सक्छ ।”

अस्पतालले लकडाउनको समयमा हेल्लो डाक्टर सेवा सञ्चालनमा ल्याएर सर्वसाधारण जनताहरुको स्वास्थ्य स्थितीको जानकारी लिईराखेको अस्पताल विकास समितीका अध्यक्ष गोविन्द गिरी पहाडीको भनाई छ । पहाडीका अनुसार लकडाउन खुकुलो भए पछाडी अन्य विरामीहरुको स्वास्थ्य उपचार पहिले जस्तो नियमित रुपमा सञ्चालन हुने छ ।